वीरगञ्ज ७ पर्सा
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी कोरोनाभाइरसलाई जितेर सङ्क्रमणबाट मुक्त भएका छन् ।
विगत ४ हप्ता देखि कोरोना भाईरस बाट सङ्क्रमित भइ होम आइसोलेसनमा रहेका नगरप्रमुख सरावगीको आइतबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गरिएको परिक्षणमो रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख सरावगीकाले जानकारी दिए । नगरप्रमुख सरावगीले आइतबार बिहान पिसिआर परिक्षणका लागि आफ्नो स्वाब जम्मा गराएका थिए ।
नगरप्रमुख सरावगी श्रावन १५ गते कोरोना सङ्क्रमित भएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो आधिकारिक आइडीबाट आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी गराएका थिए ।
सरावगीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा उनि काठमाडौँमा थिए । केहि दिन काठमाडौँस्थित आफ्नो घरभित्रै होम आइसोलेसनमा रहेर उपचार गराएका नगरप्रमुख सरावगी गत हफ्ता वीरगञ्ज फर्केको द्विवेदीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here