बीरगन्ज ६ भदौ
कोरोना संक्रमणबाट बीरगन्जमा तीन जनाको मृत्यु भएको छ । गए राती दुइ जनाको र आज बिहान एक जनाको मृत्यु भएको चिकित्सक ले जनाएको छ । गए राती शुक्रवार वीरगंज महानगरपालिका वडा नं. २६ सुगौली विर्ता बस्ने ४८ वर्षिय पुरुषको मृत्यु भएको छ । भादौ ०४ गते स्वाव संकलन गरि आरटी,पिसिआर परीक्षण गर्दा श्रावण ०५ गते नतिजा पोजेटिभ आएको थियो । खोकी श्वासप्रश्वासमा समस्या रहेकोले आईसियू भेन्टिलेटर मा उपचार भर्यईएको थियो । गए राती नै ८ बजे बीरगन्ज वडा न ४ बिर्ताका ५८ वर्षिय पुरुष को पनि कोरोना को कारण मृत्यु भएको चिकित्सक ले जनाएको छ । मधुमेह र किडनी को रोग समेत रहेका मृतक भदौ ५ गते अस्पताल मा भर्ना भएका थिए । यसै गरी आज बिहान ७ बजे बहुदरामाइ नगर पालिका बहुअरी का ६१ वर्षिय पुरुष को मृत्यु भएको छ । भदौ ४ गते कोरोना पोजेटिभ भै भर्ना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here