रचना काफ्ले /
रौतहट ३१,श्रावण/
रौतहटको एक गोठमा आगलागी भएको छ। शुक्रबार राती रौतहटको राजदेवी नगरपालिका वडा नं—३ चण्डियामा स्थानिय सुबलाल पटेलको फुसको गोठमा अचानक आगलगी भएको हो। उक्त आगलागीमा लाखौँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर गोठमा आगलगी हुँदा करिब २ लाख ५० हजार भन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरी चौकी बतसपुर ब्रह्मपुरीले जानकारी दिएको छ । बतसपुर ब्रह्मपुरीका असई राम प्रित यादवका अनुसार सो गोठमा रहेको गाई, बाख्रा, खशी र घर बनाउन राखिएको काठहरु पूर्ण रुपमा जलेर नष्ट भएको बताउनुभयो । आगो स्थानियले पानि हालेर नियन्त्रणमा आएको बताइएको छ। आगलगीमा परि एउटा भैंसी जलेर घाईते भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here