रौतहट ३१,श्रावण /
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन रौतहट लगायत देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन रौतहट लगायत देशभर वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै वाग्मती, गण्डकी, प्रदेश नं ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here