रचना कफ्ले /
रौतहट ३१,साउन /
रौतहटको सीमा क्षेत्र बकैया खोलाबाट वन गस्ती टोलीले ३४ क्युफिट काठसहित ३ वटा टायरगाडा बरामद गरेको छ।डिभिजन वन कार्यालय बाराबाट खटिएको वन गस्ती टोलीले टायरगाडासहित साल र अन्य प्रजातिका गरी ३४ क्युफिट काठ बरामद गरेको हो । गस्ती टोलीलाइ देखेपछि काठ तस्करले काठ र टायर गाडा छोडेर गोरु मात्रै लिएर भाग्न सफल भएका छन्। फरार व्यक्तिको खोजी गरिरहेको वन अधिकृत मञ्जुर अहमदले बताउनुभयो । काठ तस्करहरु रौतहट वा बारा कहाँका हुन् भन्ने खोजी भइरहेको तामागढी साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र पनवरले बताउनुभयो । ‘तिनीहरु काठ तस्कर नै हुन्, रौतहटबाट टायर गाडा र गोरु भाडामा ल्याएर बाराको वनमा काठ तस्कर गर्न आएका हुन् कि भन्ने अनुमान रहेको अध्यक्ष पनवरले बताउनुभयो।‘यसअघि पनि काठ तस्करीमा प्रयोग गर्न रौतहटबाट भाडामा ल्याएको पाडा पक्राउ गरेको उहाले बताउनुभयो । पछिल्लो समय कोरोना भाइरस फैलन नदिन सरकारले जारी गरेको लकडाउन अवधिमा बाराको वन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको वन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here