रौतहट १८,श्रावण/
रौतहटको चन्द्रपुरबाट मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। चोरी भएको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने २ जना लाइ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो ।श्रावण १५ गते रौतहट साविक हर्दिया गा.बि.स.वडा नं.६ हाल बृन्दावन नगरपालिका -४ बस्ने रञ्जित रौनियारले प्र.२–०३–००८ प १४२३ नम्बरको अपाची मोटरसाईकलमा आफन्तलाई उपचार गराउनको लागि एपोलोसिटी अस्पताल चन्द्रनिगाहपुर आउदा रौतहट चन्द्रपुर नगरपालिका -४ स्थित नेपाल टेलिकम नजिक रहेको काका नाता पर्ने प्रमानन्द साहको घरमा जाँदा सोही स्थानबाट मोटरसाईकल चोरी भएको थियो । खोजी गर्ने क्रममा १७ गते धनुषा मिथिला नगरपालिका -९ स्थित पूर्व पश्चिम लोक मार्गमा सर्लाही गोडैता नगरपालिका-६ बस्ने वासकित बैठाको छोरा १९ बर्षको रितेश कुमार बैठाले उक्त मोटर साईकल चलाई रहेको अवस्थामा फेला परेकोले मोटरसाईकल सहित निजलाई पक्राउ गरिएको थियो । त्यसैगरि १६ गते रौतहट चन्द्रपुर नगरपालिका -९ स्थित चन्द्रपुर– गौर सडक खण्डमा चेकिङ्गमा खटिएको प्रहरीको टोलीले जिल्ला रौतहट गुजरा नगरपालिका -९ अमतावा टोल बस्ने बर्ष २१ को दिपेश चौधरीलाई कागज पत्र बिनाको ना ६० प ९४१५ नं. को २२० सि.सि.को कालो÷रातो रगंको पल्सर मोटरसाईकल फेला पारी चोरीको मोटरसाईकल हुन सक्ने भन्दै सवारी सहित चौधरीलाइ पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका उनीहरुलाइ आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको डिएसपि हेम बहादुर शाहीले बताउनु भयो ।
यस्तै साउन १२ गते चन्द्रनिगाहपुरको चौधरी चिया पसल अगाडी पार्क गरेर राखेको अवस्थामा अधिकार लामिछानेको २ सय २० सिसीको अनटेष्ट पल्सर मोटरसाईकल र गत साउन ०९ गते चन्द्रपुर ०४ मा रहेको न्यु होराईजन मण्टेशरी अगाडि पार्क गरी राखीरहेको अवस्थामा लोकहरी पोखरेलको ना ६१ प ४३०६ नं को पल्सर मोटरसाईकल अझै पत्ता लाग्न सकेको छैन ।
उक्त हराएको मोटरसाइकल को छुट्टै टोलि बनाएर खोजी तलास भइरहेको डिएसपी हेम बहादुर साहिले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here