रौतहट १७,श्रावण /
रौतहटमा एक युवकको डुबेर मृत्यु भएको छ। खोला तरेर भारत प्रवेश गर्न खोज्ने गौर नगरपालिकाका एकजना युवकको सिमाना क्षेत्रमा पानीमा डुबेर मृत्यु भएको हो । गौर नगरपालिकावडा नं. २ घर भएका पंकज भारतीको कान्छो छोरा १६ वर्षीय कुनाल भारतीको गौर २ महादेवपट्टीमा रहेको दशगजाको खोलामा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला सदरमुकाम गौर र आसपासका मानिस घरायसी प्रयोजनका सामग्री खरिद गर्न सिमा पारी भारतको बैरगनियामा जाने गर्दछन । उनी सामान खरिदकै लागि गइरहेको बेला आज डुबेर मृत्यु भएको स्थानीयहरुको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here