रचना काफ्ले /
रौतहट १७,श्रावण।
रौतहटको कटहरिया नगरपालिकामा बिभिन्न सेवा स्थापना गर्न माग गर्ने निर्णय गरिएको छ। नेपाली काग्रेस नगर कार्य समितिले सरकारी सेवा केन्द्रहरुको स्थापना गर्न माग गर्ने निर्णय गरेको हो ।कटहरीया नगरपालिकाको नेपाली कांग्रेसका नगर कार्य समितिका सभापति तथा वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा शनिबार बसेको कटहरीया नगरपालिका कांग्रेस नगर कार्य समितिको बैठकले नगरपालिकामा बिभिन्न सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरेको हो । बैठकले कटहरिया नगरपालिकामा ईलाका प्रशासन कार्यालय, मालपोत,नापी, भूमिसुधार र विद्युत कार्यालयको सेवा केन्द्र स्थापना गर्न माग गर्ने निर्णय गरेको छ । साथै कृषि विकास बैंक शाखा कार्यालय स्थापना गर्ने माग समेत गरेको छ । नागरिको अति आवश्यक कार्यालयहरूको सेवा केन्द्र कटरियामा नहुदा नगरका बासिन्दाहरु सेवा लिन गौर तथा गरुडा जान बाध्य हुदै आएका र आवतजावतमा समेत कठिनाइ भएको कुरालाई मध्यनजर गरि सेवा स्थापनाको माग गरिएको कांग्रेस नगर सभापति सरफ्लाल गुप्ताले बताउनुभयो । सेवा केन्द्रहरुको स्थापनाको लागी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे समक्ष ज्ञापन पत्र बुझाउने र त्यसको सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने कांग्रेस कटहरीया नगर सभापति गुप्ताले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here