रौतहट १४ ,श्रावण/
बिग्रेका ठेकदारको कारण रौतहटमा हुने भौतिक संरचना निर्माणको काम गुणस्तरहिन हुने गरेको नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले आरोप लगाउनुभयो। ठेकदारहरुले नेताहरुको संरक्षण पाएकाले करोडौंको लगानीमा जिल्लामा हुनेगरेको भौतिक संरचनाको निर्माण स्तरिय नभएको गुनासो गर्नुभयो।रौतहटमा निर्माण गरिएका करोडौंका भौतिक संरचना निर्माण गुणस्तरीय नभएको भन्दै गुनासो आउने गरेको तर ठेकेदारहरुलाई नेताहरुले संरक्षण दिने गरेका कारण कारवाही गर्न नसकिएको शाहले बताउनुभयो । जिल्लाको कटहरिया स्थित एक समारोह लाई संबोधन गर्दै सांसद साहले पार्टी जनता समाजवादीका संघिय सांसद रहेका पप्पु कन्ट्रक्सनका संचालक हरीनारायण रौनियारले ठेक्का लिएको रौतहटको दर्जनौ महत्वपुर्ण योजना अलपत्र रहेको बताउनुभयो ।रौनियारको लापरवाहीले जिल्लाको पूर्वी भेग समनपुर घाट बागमती नदीको पुल गौर टिकुलिया घाट लालबकैया नदीको पुल बर्षौदेखि अधुरो रहेकाले बर्षेनी डुुँगा बाट यात्रा गर्दा दर्जनौ मानिसले ज्यान गुमाईसकेको समेत उँहाले टिप्पणी गर्नुभयो। दुईवटा पुलमात्रै नभएर रौतहटमा रौनियारको ठेका लिएको कैयौँ मह्त्वपुर्ण योजना बर्षौदेखी अलपत्र अवस्थामा हुँदा पनी कार्वाही गर्नुुको साटो नेताले संरक्षणनै गरेको उँहाले आरोप लगाउनुभयो।
त्यसैगरी ठेकदार नागेन्द्र साह,दायाराम साह,महादेव साह,प्रमोद यादव, अरबिन्द जयसवाल,श्रीकान्त यादव,उपेन्द्र यादव जस्ता दर्जन बढी ठेकेदार नेताहरुको प्रत्यक्ष संरक्षणमा रहेका छन्। यी ठेकदारहरुले ठेक्का पाएका कुनै पनी काम समयमा नगर्ने अधिकांश काम पेटी ठेकदारलाई दिने गर्दछन, जसको कारण ढिलो निर्माण हुने र गुणस्तर हिन हुने सांसद साहले दाबी गर्नुभयो।
त्यसैगरी लालबकैया नदी नियन्त्रणको लागी ४ करोडको केन्द्रिय बजेटको काम काठमाण्डौका निर्माणसेवा कम्पनीले ठेका पाएको छ ।तर रौतहटका केही ठेकदारले बाहिरिया ठेकदारलाई अनेक भ्रममा पारेर काम गर्न नदिने र उसलाई ठेका पारेबापक निश्चित रकम दिएर आफैले गुणस्तरहिन काम गरीरहेकाले सरकारको करोडौं लगानी हुँदा पनी उपलब्धी सुन्य भईरहेको सांसद साहले गुनासो गर्नुभयो।
यस्तै सांसद साहले आगामी निर्वाचन अघी आफनो निर्वाचन क्षेत्रमा सैयौं किलोमिटर कालोपत्रे बाटो निर्माण भईसक्ने उँहाले प्रतिवद्धता जनाउनुभयो। सोही अवसरमा सांसद साहको संसदिय विकासकोष बाट आर्थिक बर्ष २०७५।०७६ मा गरेको विकास निर्माणबारे तयार गरीएको बुकलेट सहभागीहरुको हात हातमा बितरण गराउनुभएको थियो।
कार्यक्रममा कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले आर्थिकबर्ष २०७५।०७६ को विकास निर्माण लगायत कोरोना ब्यवस्थापन सहीतको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here