सिरहा ३,श्रावण/
सिरहाको औरही गाउँपालिका–५ स्थित घरमा सुतिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवर्ण यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । पूर्वगाविस अध्यक्षसमेत रहेका यादवमाथि शुक्रबार मध्यरातमा बम प्रहार भएको हो। यादवमाथि अज्ञात समूहले बम प्रहार गरेको बताइएको छ। उँहाको शरीरको विभिन्न भागमा बमको छर्रा लागेको छ। बेहोस् भएका उँहालाई उपचारका लागि सिरहा सदरमुकाम लगिएको स्थानीय स्वास्थकर्मी महेश यादवले जानकारी दिनुभयो। स्वास्थकर्मी महेशका अनुसार बम विस्फोटले घरमा क्षति पुर्‍याएको छैन। छर्रा लागेर यादव कोठामै बेहोस् भएपछि बम प्रहार गर्नेलाई चिन्न सकिएको छैन। बम विस्फोटपछि यादवको घरमा सर्वसधारणको ठूलो भिड लागेको थियो। प्रहरीले पनि बम कसले प्रहार गरेको विषयमा केही खुल्न नसकेको जनाएको छ। प्रहरी चौकी औरहीले घटनाको विषयमा छानबिन सुरु गरिएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here