रौतहट १,श्रावण /
प्रदेश सांसद एवम् प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आफना निर्वाचन क्षेत्र भित्रका माधोपुर बजारलाई स्मार्ट सिटी बनाउने दावी गर्नुभएको छ ।गृह जिल्ला रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर प्रहरी चौकीमा आज विहान प्रहरी, जनप्रतिनिधि र आम नागरिकवीच भएको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले माधोपुर बजारलाई स्मार्ट सिटीको रुपमा विकास गर्न आफु जोरसोरले लागेको बताउनुभयो। आफना कार्यकाल भित्रै माधोपुर बजारलाई एउटा नमुना शहरको रुपमा बनाएरै छाडने राज्य मन्त्री यादवले ठोकुवा गरेका छन् ।
विकास प्रेमी नेताको रुपमा आफना पहिचान बनाउन सफल राज्य मन्त्री यादवले माधोपुर बजार किसान आन्दोलनको केन्द्रविन्दु समेत भएकाले यसलाई तिव्र विकास गर्न आफु र प्रदेश सरकार समेत लागेको बताउनुभयो। राज्य मन्त्री यादवले उक्त बजारलाई स्मार्ट सिटी बनाउने योजनाका साथ अगाडि बढ्दै भर्खर मात्रै पुरै बजारमा ढलान गर्ने कार्य सम्पन्न गर्नुभएको छ। मन्त्री यादवको पहलमा माधोपुर बजार ढलान भएपछि अब तरकारी किनमेल गर्न आउनेहरुलाई सजिलो भएको छ ।
त्यस्तै माधोपुर बजार र वरपरको विकासका लागि मात्रै प्रदेश सरकारले यस चालु आर्थिक वर्ष २०७७, ७८ मा ३ करोड बजेट विनियोजन गरेको राज्य मन्त्री यादवले जानकारी दिनुभयो। प्रदेश सरकारको तिन करोड र आफना संसदीय कोषको रकम फेरी यस वर्ष माधोपुर बजारको विकासमा नै खर्च गरिने समेत मन्त्री यादवले बताउनुभयो ।राज्य मन्त्री यादवले यसरी एकपछि अर्को उदाहरणीय काम गर्दै गइरहेको भन्दै उहाँको काम र चालेको कदमलाई सम्पुर्ण क्षेत्रवासीले प्रसंशा गरिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here