धनुषा १२,असार /
जनकपुरबाट प्रहरीले कटुवा पेस्तोल सहित एक किशोरलाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जनकपुरधाम १९ स्थित बाउन्न बिगाहाबाट धनुषाको जनक नन्दनी गाउँपालिका-१ घर भई जनकपुरधाम उपमहानगरपालिका-१ बस्दै आएका १७ वर्षीय श्याम सहनी रहेको प्रहरीले बताएको छ।विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here