पर्सा ९,असार /
प्रदेश २ मा दिनानुदिन कोरोना संक्रमित बढ्दै जान थालेका छन्। रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा सोमबार मात्रै १ सय २८ जना थप कोरोना संक्रमित फेला परेका छन् ।वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको पिसिआर परिक्षण साेमबार बाटै बन्द भएकाे छ ।पिसिआर किट र आरएनए एक्सट्रेशन किटको अभावमा परिक्षण बन्द भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट प्राप्त १ हजार थान सेन सुल वायोटेक कम्पनिको पिसिआर किटबाट परिक्षणको नतिजा भरपर्दो र सहि नआएपछि परिक्षण स्थगित गर्नुपर्ने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्याध्यले बताउनु भयो ।नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको परिक्षण स्थगित गरिएको सम्बन्धमा मन्त्रालय, विभाग र सम्बन्धित निकायलाई जानकारी गराईएको समेत डा. उपाध्याध्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here