• सपना कडेल

बिमा अनिवार्य बचत गर्न सिकाउने कला हो साथै जोखिम बहन गर्ने सुख दुख को बिश्वासिलो साथी पनि । जीवन बिमा खुत्रुके बचत बाट पनि गर्न सकिन्छ ।बजार बाट सामान खरिद गरेर फिर्ता आएको सानो सानो रकम नै भबिस्यको जीवन जिउने आधार बन्न सक्छ ।बिमा गर्न धेरै ठुलो रकम चाहिदैन बचत गर्ने तरिका भए पुग्छ ।साथै मान्छेहरुमा लागेको नराम्रो बानीहरु जस्तै धेरै चिया धेरै पिउने ,चुरोट धेरै पिउने,साथै मधिरा सेवन गर्दा लाग्ने गरेको खर्च मा दैनिक खर्च व्यवस्थापन को तालिका बनाएर अब आज देखि म आफ्नो नराम्रो बानीमा हुने खर्च कटौती गर्न सक्ने सङ्कल्प गरेर बचाउने सके धेरै राम्रो र ठुलो जीवन बीमा गर्न सकिन्छ ।

जसले गर्दा आफ्नो स्वास्थ्य पनि राम्रो परिवारको भबिस्य पनि आर्थिक रूपमा सुनिश्चित हुन्छ । नेपाली हरुले समय समयमा धेरै बिपत्ति को सामना गर्नु परेको छ । कहिले भुकम्प ,कहिले नाकाबन्दी त कहिले कोरोनाको प्रकोप । अहिले भैरहेको कोरोना प्रकोप ले मानव जातिलाइ धेरै शिक्षा दिएको छ ।खानपान ,लत्ताकपडा ,शिक्षा ,औषधि उपचार मा गर्नुपर्ने खर्चको व्यवस्थापन कसरी गर्ने ,आम्दानीको स्रोत हरु के के हुन सक्छन् ,बचत गर्न कत्तिको आवश्यक छ भन्ने कुरा सिकाएको छ । अहिले को अवस्थामा धेरै कम्पनी हरु बन्द हुने अवस्था मा पुगेको छ ,बेरोजगार ह्वात्तै बढ्ने र आत्महत्या गर्नुपर्ने अवस्था मा पुगेको छ ।

यस्तो अवस्थामा मलमपटीको रूपमा आत्मबल बढाएर अघि बढाउन सके भनेको बिमा पेशा हो ।चाहे अभिकर्ता को होस चाहे बिमित को ,लक डाउन को कारण अभिकर्ता लाई काम गर्न सहज भएको छ । आम मानसमा बिमा सम्बन्धि को धारणामा परिवर्तन आएको छ ।पहिला बिमाको बिषयमा कुरा सुन्न नचाहनेहरु अहिले आफै फोन गरेर बिमा बारे बुझ्न खोज्दै छन ,यो अत्यन्तै सकारात्मक पक्ष हो भने अहिले दैनिक काम काज मा आएको उतारचडाव ले गर्दा आफ्नो पोलिसी नवीकरण गर्न सकेका छैनन् ,ठुला बिमा गराउन पनि गार्‍हो भएको छ । वास्तवमा जीवन बिमा पेशा यस्तो पेशा हो ,जसमा समाज सेवा गर्दै ,सरकारलाई अत्यन्तै पार्दशिक रूपमा कर तिरेर आफ्नो जिविका चलाउन सकिन्छ ।

अभिकर्ता पेशा सामाजिक पुण्यको पेशा हो । बीमा अभिकर्ता पेशा स्वतन्त्र पेशा हो, यसमा न कम्पनी को करकाप मा गरिन्छ न अन्य कुनै सिमित समयमा नै गरिन्छ ,यो त केवल आफ्नो समय र आफ्नो मन को करले गरिने पेशा हो ।बीमा कम्पनी र बीमितको बीचमा पुलको काम नै बिमा अभिकर्ताको काम हो । अभिकर्ताले तलवी कर्मचारीको रुपमा नभई निश्चित कमिशनको आधारमा काम गर्ने गर्दछन् । बीमा कम्पनीका मेरुदण्ड नै बीमा अभिकर्ताहरु हुन् ।

अभिकर्ताहरुमा लगनशीलता, नैतिकता, धैर्यता ,सहनशीलता ,स्पष्ट वक्त्ता बिश्वाशिलो ,निष्ठावान जस्ता गुणहरु हुनुपर्दछ । मान्छेहरुले बीमा कम्पनीलाई भन्दा पनि अभिकर्ताहरुलाई बढी विश्वास गर्दछन् । त्यसैले लगनशिल, धैर्यता भई काम गर्न सक्ने खुवी, लचिलोपना, सरलता जस्ता गुणहरु एक बिमा अभिकर्तामा हुनुपर्छ । बोल्न सक्ने क्षमता एक अभिकर्तामा हुनु पर्छ।अभिकर्ता पेशामा काम गर्न सजिलो छ, मान्छेहरुलाई, उनीहरुको भबिस्यको चिन्ता महसुस गराइदिएर नै चाहे जस्तो आम्दानी गर्न सकिन्छ ।

बचत गर्न सिकाउदै आर्थिक सुरक्षा गर्न सिकाउने सेवा मुलुक पेशा हो, जीवन बीमा व्यवसाय सेवा , बचत दुवै बिक्री गर्ने समृद्ध व्यवसाय हो। हाल म सिटिजन लाइफ इन्स्योरेन्समा आवद्द छु । मेरो आफ्नो कुरा गर्दा मेरो जीवनमा अत्यन्तै मन परेको ,सम्मानित ,साथै सफलता हासिल गरेको पेशा नै अभिकर्ता पेशा हो ,करिब ७/८ वर्ष शिक्षण पेशामा लागे,झन्डै ९ वर्ष सन्चारकर्मी भए ,यो पेशामा लाग्दा सधैं खल्ती रित्तो हुन्थ्यो सधैं तनावग्रस्त हुन्थ्ये ,जागीर बाट निस्किदा एक महिनाको तलब पनि हातमा हुदैन थियो ,सधैं अभाव मात्रै ,जुन दिन देखि बिमा क्षेत्रमा काम गर्न थाले म धेरै खुशी छु । बिमा पेशा एक्लैले गर्ने पेशा होइन ,यो एउटा Team business हो ,लगानी पनि धेरै नचाहिने आम्दानी आफुले चाहे जसरी गर्न सकिने,व्यवसाय हो ,।सुरुमा यस व्यावसायमा आउदा दुई महिना सम्म पनि एक जना लाई बिमा गर्न सकिन ,।एकदम दिक्क लागेको थियो यो पेशा प्रती मेरो मन मरेर गएको थियो ।दुई महिना बितिसक्दा पनि बिमा गराउन सकिन भनेर अरु काम समेत खोज्न थाले ।साथै बिमा को कुरा भन्न पनि छोडिन ।

त्यसै बेला एक बिमित भेटे मैले दुई महिनासम्म जागिर खाएर कमाउने पैसा त एउटै बिमा बाट आयो ।त्यसपछि धेरै खुशी भए र आफ्नो काम लाई निरन्तरता दिन थाले ।अहिले आफू सफल भएको महशुस गरेको छु । घर परिवार ,सबैलाई समय दिएर खुशी साथ जीवन जिउन चाहानु हुन्छ भने आउनु समयमै हामी सग हातेमालो गरौ ।

आफ्नो सपना पुरा गर्नुपर्छ ,सपना लाई मर्न दिन्नु हुन्न भन्दै अभिकर्ता पेशामा आबद्द हुन स्वागत गर्न चाहान्छु । कोरोनाको कारण बिमा प्रती धारणा परिवर्तन मात्रै भएको छैन ,बिमा गर्ने को सख्यात्मक रूपमा बढेको छ ।अरु बेला मा भन्दा यो बेलामा बिमा गर्न चाहाने हरु धेरै छन ।बिमाको बिषयमा कुरा सुन्न नचाहने हरु अहिले बिमा गर्नु पर्यो भन्दै फोन गर्न थालेका छन ।बिमा अभिकर्ता को पेशा झन बलियो पेशा भएको छ ।अहिले काम गर्न धेरै सजिलो भएको छ ,मैले काम गर्ने कम्पनी( सिटिजन लाइफ इन्स्योरेन्स ) ले अभिकर्ता र बिमित लाई सजिलो होस भन्ने हेतुले online बाटै बिमा गर्ने सक्ने बनाएको छ साथै बिमा को पैसा तिर्न पनि मोबाइल बैकिङ का सुबिधा हरु दिएको छ ,त्यति मात्रै होइन बिमाको पोलिसि हरु पनि बिमित लाई धेरै भन्दा धेरै सुबिधा दिने खालको छ ,जसले गर्दा अभिकर्ताहरुले सजिलै पोलिसी बेच्न सकेका छन ।

(लेखक : सिटिजन लाइफ इन्स्योरेन्स हेटौडा शाखा कि एजेन्सी म्यानेजर हुन )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here