हेटौंडा ०२,असार /
हेटौंडामा करेन्ट लागेर २४ वर्षीय पुरुषको मृत्यु भएको छ । हेटौंडा–१०, स्थित बसपार्क नजिकै मंगलबार बिहान करेन्ट लागेर रविन्द्र गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।बसपार्क नजिकै रहेको ग्यारेजमा करेन्ट लागेर उनको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार मृतक गौतम काभ्रेको देउराली–४, घोरसिङ्गेका हुन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उँहाले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here