• फणि महत  ///
    एकसाता अघि चन्द्रनिगाहपुरमा कोरोना फैलियो भनेर सामाजीक संजालमा चर्चा चल्यो । मानिसको भेटघाटमा गाइगुइ हुन थाल्यो । जो व्यक्ति लाइ कोराना लाग्यो भन्ने हल्ला थियो उनी नजिकका साथीहरुमा त्रास बढ्यो । के गर्ने, कसो गर्ने त्रास कै बिच छलफल हुन थाल्यो ।
    उनको घरपरिवारलाइ मानसिक तनाव दिन थालियो । समाजले उनको परिवारलाइ नै हेर्ने दृष्टीकोण बदल्यो ।
    काम बिशेषले काठमाण्डौ जानका लागी आरडिटी बिधीबाट परिक्षण गर्दा चन्द्रपुर ५ का अमित श्रेष्ठ लाइ पोजेटीभ देखियो । त्यसपछि उनी क्वारेन्टाइनमा बसे । कोरोना पुष्टी हुन पिसीआर बिधी बाट नै परिक्षण गर्नुपर्छ ।
    पिसिआर बिधी द्धारा परिक्षणका लागी स्वाव पठाएर उनी घर छाडेर एक होटल भाडामा लिएर क्वारेन्टाइनमा बसे । क्वारेन्टाइन बस्दा उनले परीवार संग बस्न नपाएको पिडा त भोगे नै समाजका कतिपय व्यक्तिले देखाएको व्यवहार र आरोप पनि नमिठो गरी भोगे ।
    उनी एक होटलमा क्वारेन्टाइनमा बसेका थिए । पिसीआर बिधी बाट स्वाव परिक्षण गरेपछि रिर्पोट नेगेटीभ आयो । त्यसपछि उनले त्यस बिचमा भोगेका पिडाहरु सामाजीक संजालमा तथा सार्वजनिकरुपमा नै व्यक्त गर्न थालेका छन ।
    उनले सामाजिक संजालमा लेखेका छन :
अन्ततः रिपोर्ट नेगेटिभ आयो, हिजो पनि नेगेटिभ नै थियो,तर मेरा आत्मिय, थाङ्निय, झोलिय र बोसिय, मित्रहरुले रेडियोले जस्तै प्रत्यक्ष प्रसारण गरे । कसैलाइ फोन कल गरे । कतिले त ग्रुप मेसेज सम्म गरे । सबैलाइ म, धन्यवाद व्यक्तगर्न चाहन्छु । सामाजिक बहिष्कार भन्दा पनि क्रुर परिस्थिति सिर्जना गरी चन्द्रपुरबासीलाइ नै आंतन्कित बनाउने खेल कतिसम्म सुहाउछ होला ? तेसैले समय र बेला सबैको आउछ । कोरोना संग डराउने हैन लडने हो । चेतना भया
कुरा नबुझि अमित (असन) लाई कोरोना लाग्यो रे भनेर हल्ला पिटाई समाजलाई नै भयभित बनाउने, दुब्र्यबहार गर्ने मेरा मित्र हरुलाई पनि सदबुद्धि आओस साथै धन्यबाद दिन चाहान्छु ।
कोभिड १९ का कारण देश करीव ३ महिना देखी लकडाउनमा छ । कोरोना संक्रमितको संख्यापनि दिन प्रतिदिन बढ्दै गइरहेको छ, भने निको हुनेको संख्या पनि उतिकै बढेको छ । तर कोरोना संक्रमित र उनीहरूको परिवारलाइ दुव्र्यवहार, अपमान र त्रास दिने काम समाजमा भैरहको छ ।
समाजका अधिकाश मानिसको सोचाइमा कोरोना संक्रमण भएका व्यक्ति र उनका परिवारका सदस्यहरू ठुलै अपराधी जस्ता भएका छन ।
कोरानाको महामारीमा पनि अग्रपक्तीमा रहेर घर परिवार नभनि खटिएकाहरु लाइ संक्रमण देखियो भन्ने हेला गनर्,े अपमान गर्ने सामाजीक बहिस्कार गर्ने जस्ता कार्यहरु पनि देखिएका छन र सुनिएका छन ।
धेरै कोरोना संक्रमितहरू आइसोलेसनमा अथवा अस्पतालमै पनि रमाउने, कोरोनाको सावधानी अपनाउने बारे सबलाइै सचेतना गराइरहेका छन । अरुलाइ संक्रमण नहोस भन्ने मा पुर्ण सचेत रहेको देखिन्छ ।
कोराना संक्रमितको ठेगाना भएको गाउमा गएकाहरु कोराना लाग्यो भनेर अफवाह फैलाउने , काम बिशेषले संक्रमति धेरै रहेको जिल्लामा पुगेर फर्केर सुरक्षितहुदै घरमा वा होटलमा क्वारेन्टाइमा रहदापनि कोराना लागेको भन्दै हल्लागर्ने परिवारका सदस्यहरुलाइ मानसिक तनाव दिने कार्यहरु हुन थालेका छन ।
कोरोना संक्रमण देखिएका व्यक्तिलाइ उनीहरुको परिवारलाइ सान्त्वना, हौसला साथै सावधानीको बारेमा सुझाउनु भन्दा फलानालाइ कोरना , फलोनोको उस्लाइ कोरोना भन्दै अनावश्यक हल्ला र मानसिक तनावले झन समस्या थपिन सक्छ ।
संक्रमण निको भएर घर फर्किदा समेत समाजले हेर्ने दृष्टिकोण र व्यवहार फरक छ । कोरोना सामान्य रोग हो, तर यसको औषधि छैन । प्रयाप्त आराम गर्दा, सकारात्मक सोच राख्दा, संक्रमित लाइ हौसल्ला दिदा , पोषण युक्त खानेकुरा र व्ययामले धेरै निको भएका छन ।
संक्रमितको उच्च मनोवल र समाजको हौसल्ला पनि यस रोग लाइ जित्ने औषधी कै मात्रा हुन सक्छ ।
कोराना भाइरस जो कोही लाइ संक्रमण गर्न सक्छ । टोल, छिमेकमा उस्ला लाग्यो रे, फलानो क्वारेन्टाइनमा छ रे, आइसोलेसनमा छ रे, सामाजीक बहिस्कार गर्नुपर्छ, त्यो गाउमा जान हुदैन भन्ने जस्ता बिषयले बलियो सामाजीक संरचना नै कमजोर नबनाउला भन्न सकिन्न ।
कोरोना कुनै व्यक्तिले , परीवारले चाहेर वा थाहा पाएर लाग्ने हैन । निर्दोष हुदा हुदै पनि लाग्न सक्छ । नलाग्न दिनका लागी सावधानी अपनाउनु पर्छ न की छि छि दुरदुर ।
कोरोना भाइरस सावधानीले नै जित्न सकिन्छ, भन्ने समाजका सवै मानिसले बुझ्न जरुरी छ ।
व्यक्तिगत सरसफाइ, सावधानी, मापदण्ड अनुसारको माक्स, भौतिकदुरी दुरी कायम गर्ने, हात साबुनपानीले मिचीमिची धुने, व्यायाम गर्ने, पोषिलो खाध्य पदार्थ खाने , सकारात्मक सोच राख्ने गर्दा कोरोना भाइरसलाइ परास्त गर्न सकिन्छ भन्ने पुष्टि भएका छन ।
लकडाउन करीव तीन महिना हुदा नेपालमा चारहजार ६ सय भन्दा बढी संक्रमित फेला परेका छन । जेठ २९ गते सम्म ६ सय ७४ जना निको भएका छन ।
क्वारेन्टाइनमा बसेका, आइसेलेसनबाट फर्केका व्यक्तिहरु र उनीहरुका परिवारका सदस्यहरुलाइ  दुव्र्यवहार , हेला गर्न हुदैन भन्ने सन्देश सवैमा पुग्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here