राकेश यादव/
रौतहट, २२ जेठ/
आज एकैदिन रौतहटमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ३८३ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् ।
जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएका छन् । संक्रमितहरु मध्ये इशनाथ नगरपालिकाकाका ४६ जना , गढीमाइ नगरपालिकाका ७ जना , गुजरा नगरपालिकाका ८ जना, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका , माधवनारायण नगरपालिका र दुर्गा भगवती गाउँपाललिकाका एक–एक जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । संक्रमितहरुमध्ये २ जना महिला रहेका छन् भने बाँकी अरु सबै पुरुष रहेका र उनीहरु सबै स्थानिय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । उनीहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र उनीहरुलाई कहाँ राखेर थप उपचार गर्ने भन्ने बारे छलफल भइरहेको उहाँले बताउनुभयो । जिल्लामा संक्रमित बढेसँगै आइसोलेसन वेडको अभाव भइरहेको छ । समयमै आइसोलेसन नहुँदा कतिपय संक्रमितहरुलाई क्वारेन्टाइनमै राखेर उपचार गरिरहेको छ ।
संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने भन्नेबारे अन्यौल छाएको छ । उनीहरुलाई अर्को आइसोलेसन तयार नहुन्जेल उनीहरु बसिरहेको क्वारेन्टाइनमामौ आइसोलेट गरेर राख्ने तयारी गरिएको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन कृष्ण साहले बताए । मेसु साहका अनुसार जिल्लाका धरहरीमा अवस्थित पोलिटेक्निकल इन्टिच्युट र गौरको गौरीशंकर क्याम्पसलाई आइसोलेसन बनाउने तयराी भइरहेको छ । जिल्लामा पर्याप्त आइसोलेसन नहुँदा अझैपनि यसअघि पुष्टि भएकाहरु मध्ये केहीँलाई क्वारेन्टाइनमै राखिएको छ । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिती सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निमार्णाधिन आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा सोमबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ८ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेनटिनमा ८ हजार ३९ जना रहेका छन् । जसमध्ये ७ हजार ७ सय ३५ पुरुष र ३ सय २४ महिला रहेका छन् । जिल्लामा भारतमा रहेका करिब १५ हजार बढि जिल्लावासी घर फर्कने स्थानिय प्रशासनको अनुमान रहेको छ । अझैपनि धेरैजनाको स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । जिल्लामा भिटिएम किटको अभावले गर्दा क्वारेन्टाइनमा बस्नेहरुको स्वाव संकलन तिब्र गतिले हुन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here