रौतहट १२ जेठ // गिट्टी वालुवा चालेर , ढुङ्गा कुटेर गुजारा चलाउदै आएका बिपन्न परिवार लाइ चन्द्रपुर नपा १ नम्वर वडाले काम र दाम पनि दुवै दिन थालेको छ ।
लकडाउन लम्बिदै गएपछि रौतहटको चन्द्रपुर १ नम्वर वडा ले बागमती बगरमा गिट्टी चालेर गुजारा चलाउदै आएका बिपन्न परिवार लाइ गिट्टी चाल्न लगाउने र सो बापत पैसा दिन थालेको छ ।
एक टिप गिट्टी चाल्ने मजदुरहरु लाइ एक हजार दिने व्यवस्था गरेको चन्द्रपुर १ का वडा अध्यक्ष बिर बहादुर रखालले जानकारी दिएका छन ।
कोरानो भाइरस नियन्त्रणका लागी गरीएको लकडाउनका कारण काम बिहीन बनेका बाढीपिडीत बस्ति तथा अन्य बिपन्न परिवारलाइ काम पनि हुने र दाम पनि हुने भएकाले यसो गरीएको वडा अध्यक्ष रखालको भनाइ छ ।
दैनिक एक सय जना भन्दा बढीले बागमती नदिमा गिट्टी चाल्ने गरेका छन ।। आइतवार देखी शूरु गरीएको सो अभियानमा २० टिप भन्दा बढी गिट्टी संकलन भैसकेको छ ।
करीव ५ सय टिप गिट्टी संकलन भएपछि केही दिन लाइ रोक्ने र पुन गिट्टी चाल्ने काम दिने समेत बताइएको छ ।
लकडाउनले पैसा नभएका बिपन्न बर्ग लाइ यो अभियानले राहत पुग्ने बताइएको छ । एक टिपको वडा कार्यालयले एक हजार उपलव्ध गराउने छ ।सो गिट्टी वडा कार्यालयले पछि बिक्री गर्ने छ ।
हिउद भरी बागमतीमा गिट्टी, बालुवा चालेर जीवन धान्दै अाएकाहरु काम पाए पछि खुसी भएका छन । लकडाउन ले सवारी साधन नचल्दा तथा निर्माणका धेरै कामहरु रोकिदा उनीहरु काम बिहिन भएका थिए ।
पौराइ स्थित बागमती नदिमा सयौ मानिस आश्रित छन । काम बिहिन भएपछि वडा कार्यालयले उनीहरु लाई राहत उपलब्ध गराएको थियो । तर लामो समय लकडाउन हुदा राहत सामाग्री सकिए पछि उनीहरु पिडित हुँदै आएका थिए । आफुहरुले चालेको गिट्टी वडा कार्यालयले लिन थालेपछी खुशी लागेको मजदुरहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here