रौतहट ५ जेठ //कोविड १९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवश्थामा समाचार संकलन गरिरहेका रौतहटका संचारकर्मीका लागी ८५ लाखको कोरोना जिवन बीमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागी कोरोना बीमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागी कुल ८५ लाखको बीमा गरिएको हो । माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले बीमाको लागी लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।
पछिल्लो समय रौतहटमा संक्रमितको सँख्या बढन थाले पछि रौतहटमा जोखिम बढेको छ । “विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उदेश्यले बीमा शुल्क रकम सहयोग गरेको हौैं ।” माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले भने “नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागी सहयोग गर्न पाउदा खुशी लागेको छ ।” संक्रमणका बेला सुरक्षित रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत उनले सुझाव दिए ।
नेपाल पत्रकार महासंघ सँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बीमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतह शाखाका सचिव गौतम श्रेष्ठले बताए । प्रति व्यक्ति ६ सयका दरले बीमा शुल्क कुल एकावन्न हजार माधवनारायण नगरपालिकाले सहयोग गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here