रौतहट ५ जेठ //
रौतहट घर भइ काठमाण्डौमा रहेका गायक तथा संगीतकार सुर्य कमल राईको “जिन्दगीको लामो सफर सकिन्छ कि यसै, छैठी मा लेख्छ भन्छन भावीले मेटिन्छ कि यसै ” भन्ने बोलको गीतको रेकर्डिंग भएको छ ।
सुर्य कमल राई को स्वर र सङ्गीत रहेको उक्त गीतको रचना चलचित्र निर्देशक तथा रचनाकार एनबी अञ्जानले गरेका हुन ।
ललितपुरको एकान्तकुना स्थित रिङ्ग स्टुडियोमा रेकर्डिंग सम्पन्न भएको सो गीत अहिलेको परिस्थितीमा आम दर्शक र स्रोताको मनको भावना ब्यक्त गर्ने मर्म स्पर्शी भएको गायक राई ले बताए ।
विश्वव्यपी माहामारीको रुपमा रहेको कोभिड १९ कोरोनाबाट नेपाल पनि त्रसित बन्दै गरेको अवस्थामा यसको मर्म लाइ समेटेर गीत तयार पारेको रचनाकार अञ्जानको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here