सर्लाही १०,बैशाख /
सर्लाहीको मलंगवाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलंगवा ३ का सुशिल राउत र मनोज राउत रहेका छन् । सशस्त्र प्रहरीले मलंगवा ९ नेपाल भारत सीमा नजिकैबाट सय एमएलका २८ बोतल वालरेक्ससहित उनीहरुलाई पक्राउ गरेको हो ।सीमा क्षेत्रमा गस्ती गर्दै गरेका सुरक्षाकर्मीलाई छलेर भारतीय साथीको सहयोगमा तिनीहरुले लागुऔषध मगाएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । रातीको समयमा भारतबाट सीमा नजिकै आएका एकजनाले लागुऔषध फालेको र राउतले बोकेर आउंदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सीमा सुरक्षा बेस क्याम्प मलंगवाका सशस्त्र प्रहरी निरीक्षक संजीत कुमार सिंहले जानकारी दिनुभयो ।प्रहरीले उनीहरु सबार बिआर ३० जे ५०८१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको सशस्त्र प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here