रौतहट १० बैसाख //
जिल्ला सुरक्षा समिति रौतहटको बुधवार बसेको बैठकले काठमाण्डौमा रहेका मानिस लाइ ल्याउन स्थानिय तहले सवारी ासधनको व्यवस्था गरे पास उपलव्ध गराउने निर्णय गरेको छ ।
लकडाउनका कारण काठमान्डौमा अलपत्र परेकाहरुलाइ सम्बन्धित स्थानिय तहहरुले उद्दार गर्न चाहेमा सो को लागि आवस्यक पासको ब्यब्स्था गर्ने भएको हो ।
ती ब्यक्तीहरुलाइ सम्वनिधत स्थानिय तहले आरडिटि बिधीबाट परिक्षणगरि होम कोरेन्टाइनमा राख्नु पर्ने निर्णय मा उल्लेख छ ।
साथै कोरेन्टाइनमा रहेका भारतिय नागरिकहरुको खाना खर्च जिल्ला बिपद ब्यब्स्थापन कोषबाट खर्च गर्न गृह मन्त्रालय संग अनुमती लिनका लागी पत्राचार गर्ने समेत निर्णय भएको जिल्ल प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाको बिभिन्न क्वारेन्टाइनहरुमा भारतिय नागरीकहरुको सख्या दिनदिनै बढ्दै गएको र उनीहरु खाना खुवाउन समस्या भएको गुनासो आएपछि गृह मन्त्रालय संग अनुमतीको लागी आग्रह गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here