महोतरी ९,बैशाख /
देवरको हत्याको अभियोगमा महोत्तरी जिल्ला अदालतले एक महिलालाई कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई जिल्ला अदालतले कारागार चलान गरेको बताउनुभयो ।पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउज्यूले प्रेमीसँग मिलेर उनको हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि आज कारागार चलान गरेको हो ।सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते देवर १३ वर्षीय मजिबुको घाँटी थिचेर हत्या गरी शव घर नजिकै गाड्न लगिरहेका अवस्थामा स्थानीयवासी सदिक मोमिनले घटनाबारे जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।