रौतहट ९,बैशाख /
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण गरिव विपन्न तथा अति बिपन्न परिवारलाई राहत सामग्री बितरण गर्ने नीति बनाएपनि बितरण गर्न ढिलाई गरिरहेकै बेला समस्यामा परेका परिबारलाई सहयोगीहरुले राहत सामग्री बितरण गर्न थालेका छन ।रास्ट्रिय जनता पार्टि नेपालका प्रभावशाली नेता एवम गरुडा नगरपालिका निवासी समाजसेवी कन्थमनी प्रसाद जयसवालले राहत सामग्री बितरणको लागि अभियाननै चलाउनु भएको छ । उहाले केही दिन देखि चन्द्रपुर, गरुडा ,गढ़िमाइको केही भागका गरिव ,विपन्न अतिबिपन्न परिबारलाइ पहिचान गरि खाध्य सामग्री बितरण गर्दै आउनु भएको हो । रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले प्रतिपरिवार १० किलो चामल, ३ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गर्नु भएको हो । राहत सामग्री बितरण गर्दै उहाले देश संकटम परेको बेला मानबीय संकट निम्तनु स्वभाबिकनै हो यो बेला जीवन निर्बाहका लागि तडपिरहेकाहरुको लागि सहयोग गर्नु पर्दछ भन्ने भावनाको साथ राहत सामग्री बितरण गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here