धनुषा ३० ,चैत्र
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई बस्न समस्या भएको बताइएको छ । क्वारेन्टाइनमा राखिएका सम्भावित कोरोना संक्रमितलाई चापाकल बाट पनि भरेर खुवाउने गरेको पाइएको छ । प्रादेशिक अस्पताल क्वारेन्टाइनमा राखिएको सम्भावित संक्रमितलाई धारा भएको बेला धाराको पानी अन्यथा चापाकलबाट बोत्तलमा भरेर ल्याइएको पानी खुवाउने गरेको रहस्य बाहिर आएको छ । झण्डै दुईसाताअघि खाडी मुलुकबाट फर्किएका बिरामीले भने, ‘सुरु-सुरुमा मिनरल वाटर नै खुवाए, बिस्तारै धाराहुँदै अहिले कलको पानी समेत खानुपरेको छ ।’ क्वारेन्टाइन कक्षको सुरक्षार्थ खटिएका एकजना सुरक्षागार्डले नाम नबताउने शर्तमा कर्मचारी नभएको बेला चिकित्सकले अह्राए, आफूले नै चापाकलको पानी भरेर दिने गरेको स्वीकारे । उहाँले भन्नुभयो , ‘हामीलाई बढी थाहा छैन, डाक्टर सावले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं ।’उहाले आफुलाइ पनि कम गर्न समस्या भैरहेको बताउनुभयो । उहाले बिरामीको सुरक्षामा खटिएको दुई हप्ता भएपनि अस्पतालले मास्कसम्म उपलब्ध गराउन नसकेको दुःखेसो पोख्नुभयो । ‘बिरामीलाई त ठीकठाक्‍कै छ, हामीलाई त अझ समस्या हुन्छ। दिनभरि कति आउँछन, जान्छन, सबैलाई रोक्नुपर्छ, सोधपुछ गर्नुपर्छ, तर हामी एउटा मास्क र सेनिटाइजरको भरमा काम गर्नुपरेको छ ।’उक्त क्वारेन्टाइनमा बस्ने शंकास्पद एक बिरामीले चिया र बिस्कुटमा समेत कञ्जुस्याई गरेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘चिया र बिस्कुट त दिन्छ, तर चिया चियाजस्तो लाग्दैन, न पानी हुन्छ, न चिया नै, अझ एउटा बिस्कुटबाट चारजना बाँडेर खान्छौं, कसरी बाँच्नु।’प्रादेशिक अस्पतालस्थित आइसोलेसन कक्षमा खटिएका नर्स सुनिता कर्णले बिरामीलाई मैत्रीवत व्यवहार आवश्यक रहेपनि चिकित्सक नै बिरामीलाई हेर्न जान नै हिच्किचाउने बताउनुभयो ।क्वारेन्टाइन, आइसोलेसमा डाक्टर साबहरु पस्दा बिरामीलाई कारागारमा प्रहरीले कैदीसँग गरेको व्यवहार जस्तै गर्छन्, सामान्य शंकास्पद व्यक्तिलाई पनि छुँदैनन, केही गर्नपरे नर्ससँग गराउँने बताउनुभयो ।’
अस्पतालमा कार्यरत नर्सहरुले चिकित्सक पीपीई लगाएर पनि बिरामी नजिक जान नचाहने तर नर्सहरु पठाउने गरेको पुनिता यादवले आरोप लगाउनुभयो । उहाले भन्नुभयो ‘अस्पतालले ग्लोब्स, स्यानिटाइजर, गाउनलगायतका समान्य सामग्री समेत दिएको छैन, कसरी बिरामी नजिक जाने ?”बिरामी, कुरुवा आइसीयुदेखि सबै वार्डमा पुग्छन्, बिरामीलाई मात्र नभएर कुरुवा समेत संक्रमित भएको हुनसक्छ,’ नर्स यादवले भन्नुभयो , ‘हाम्रो आफ्नै सुरक्षाको ग्यारेन्टी भएन, काम कसरी गर्नु ?’ क्वारेन्टाइनमा बसेका शंकास्पद बिरामीलाई झुल दिने भनिएपनि हालसम्म उपलब्ध गराउन नसकेको नर्स यादवले बताउनुभयो । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here