कञ्‍चनपुर ,२६ चैत्र /
:शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा थ्रेसरको पट्टामा बेरिएर एक युवतीको मृत्यु भएको छ । गहुँ थ्रेसिङ गरिरहेका बेला थ्रेसरको पट्टामा सल बेरिँदा स्थानिय २२ वर्षीया रेवती पाण्डेय जोशीको मृत्यु भएको हो ।जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका इन्स्पेक्टर धर्मेन्द्र रावलले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here