रमेश सापकोटा
रौतहट ६,चैत्र
बिहानिको मिर्मिरे संगै आज त छोराको केहि खबर आउँछकि भन्ने आशा बोकेर बसेका खडका दम्पतिको आशा केवल आश मै सिमित भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएको ४ सन्तान मध्ये कान्छो छोरा रुपेश खड्का १७ महिना देखि सम्पर्क बिहिन भएको ले रामजीबहादुर खडका र उनकी पत्नी सानुकुमारि खडका को जन जीवन अव्यवस्थित भएको छ। १५ दिन अगाडि छोरा खोज्न मिडियामा धाउँदा समेत छोराको कुनै खबर नाअएपछी खडका दामपत्य झनै त्रशित हुँदै सम्पुर्ण मिडियालाई आफ्नो छोरा खोज्न अनुरोध गरेका छ्न।
२०७३ साल कार्तिकमा आफ्नै फुपुको पहलमा कन्काइ मेनपावर मा रोजगारीका लागि बिदेशिएका रुपेश २०७५ साल कार्तिक सम्म सम्पर्क रहेको तथा आर्जन गरेको पैसा हरु परिवार लाई पठाइ रहेका थिए ।घर परिवारलाई आफू अब छिटै नेपाल आउने आश्वासन दिएका थिए ,तर २०७५ कार्तिक पछि उनी सम्पर्क बिहिन भएका हुन। उनी सम्पर्क बिहिन भएपछी बुबा रामजि खडकाले आफ्नो बहिनी सङ्ग रुपेश को बारेमा बुझ्न बारम्बार सम्पर्क गरे , तर बहिनीले रुपेश ले आफू पहिले गएको होटलको काम छाडेर अन्तै भागेको र मेनपावरले केही गर्न नसक्ने भन्दै पन्छिएकी गुनासो गरेका छन।पारिवारिक अवस्था कमजोर रहेको खडका परिवारमा पीडा माथि पीडा थपिएको छ । परिवार मा कमाउने एकजना मात्र छन कृषि बिकाश बैंकमा कार्यलय सहयोगीको काम गरेरै रामजीले आफ्नो परिवारको पेट पाल्दै आइरहेका छन ।घरमा जेठो छोरा सुस्त मनस्थितिको छ ।माहिलो साहिलो आ आफ्नै तरिकाले बाहिरै बस्छ्न। घर परिवारलाई माया गर्ने आर्थिक अवस्थामा सहयोग गर्ने कान्छो हराउदा आफ्नो हात नै भाचिएको जस्तो भयो भन्दै धर्धर आसु झार्दै रुन्छ्न खडका दम्पति ।
पछिल्लो समय छोरा सङ्ग गरेको कुरा सम्झदै बलिन्द्र आँसु झार्दै सानू कुमारी भन्छिन २०७५ फागुन मा एक पटक फोन लागेको तर फोन अरुले नै उठाएको र अन्य भाषामा कुरा गरेको तर आफ्नो छोराले मैले केही गरेको छैन मलाइ छाडिदिनु मेरो फोन दिनु भन्दै बोलेको आवाजले उनी धेरै आतिएकी छिन ।कहि कतै नराम्रो घटना घटयो कि कसैले छोरालाई केही तलमाथी गरिदियो कि भन्ने डरै डर मा बाच्नुपरेको गुनासो पोख्छिन ।
अशिक्षित खडका दम्पति अब छोराको खोजी गर्न कहाँ पुग्ने के गर्ने अन्योलमा छन ।छोराको खोजीको लागि सबैले सहयोग गरिदिन अनुरोध गरेका छन ।८५ बर्ष कि पदम कुमारी खडका भन्छिन मर्ने बेला सम्म नाति को मुख हेरेर मर्ने पाए हुन्थियो नाति खोज्न सबैले सहयोग गरिदिन आग्रह गरेकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here