मुकेश कुमार साह
रौतहट १,फाल्गुन
नेकपा जिल्ला कमिटी रौतहटले २५औं जनयुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । नेकपा जिल्ला कमिटी रौतहट द्वारा जनयुद्धमा शहिद भएकाहरुको सम्मानमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्जवलन कार्यक्रम गरेको छ । जिल्लाको सदरमुकाम गौरमा पुर्व उर्जा राज्यमन्त्री सत्य नारायण भगतको प्रमुख आतिथी श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सभामा जनयुद्धमा शहिद भएका परिवारलाई खादा ओढाएर सम्मान गरेको छ ।

सोहि अवसरमा रौतहटको चंद्रपुरमा मोटरसाईकल ¥र्याली गरिएको छ । चंद्रपुरमा रहेको नेकपाको पार्टी कार्यालयबाट सुरु गरिएको ¥र्याली सहिद स्मारक पार्कमा गई कोणसभामा परिणत भएको थियो ।

नेकपाका रौतहट इन्चार्ज युवराज भट्टराई (समीर)को प्रमुख आतिथ्यततामा भएको ¥र्यालीमा नेकपाका सयौ नेता कार्यकर्ता को उपस्तिथी रहेको थियो । यस्तै मौलापुरमा क्षेत्र न ३ का प्रदेश संसद कुन्दन कुशवाहा को प्रमुख आतिथ्यततामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ भने गरुडामा नेकपाका जिल्ला अध्यक्ष कमल यादबको प्रमुख आतिथ्यतामा सभा भएको छ । नेकपाले जनयुद्धमा शहिद भएकाहरुको सम्झनामा सम्झना स्वरुप दिप प्रज्वलन गरीएको थियो ।

तत्कालीन नेकपा माओवादीले आजकै दिनबाट दीर्घकालीन जनयुद्ध घोषणा गरेको दिनको सम्झनामा आज देशभर २५ औँ जनयुद्ध दिवस मनाइएको नेकपाका रौतहट इन्चार्ज युवराज भट्टराई (समीर)ले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here