माघ २९, सर्लाही

प्रहरीले सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरबाट लागूऔषधको रुपमा प्रयोग हुने गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४, नारायणखोलाका २४ वर्षीय कान्छाराम स्याङतान रहेको प्रहरीले बताएका छन् । चुरेक्षेत्रमा पर्ने नारायणखोलाबाट बा ४९ प ६०२ नम्वरको मोटरसाइकलमा गाँजा लिएर आउँदै गरेको अवस्थामा स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो ।सोमवार राती गस्तीमा निस्किएको प्रहरीले शंका लागेर खानतलासी लिँदा स्याङतानले चलाएको मोटरसाइकल पछाडि राखिएको बोराबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पछिल्लो समय गाँजाको व्यावसायिक खेती फस्टाउँदै गएको सूचना पाएपछि सर्लाही प्रहरीले जिल्लाको विकट क्षेत्रमा पर्ने नारायणखोलामा निगरानी बढाएको छ । त्यस क्षेत्रमा केही हप्ताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पटक–पटक गरी ठूलो क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको थियो । त्यहाँ उत्पादन भएको गाँजा बिक्रीका लागि भारतसम्म पु¥याउने गरिएको छ ।सुरक्षा निकायको खासै उपस्थिति नहुने नारायणखोलामा पछिल्लो समय स्थानीय वासिन्दाले अन्य बाली लगाउन छाडेर गाँजाको खेती गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

साभार -उज्यालॊ अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here