माघ २७ ,रौतहट
रौतहटको कटहरिया नगरपालिकाको नया प्रशासकिय अधिकृतमा श्याम कुमार सिंहको उपस्थित भएको छ ।
प्रशासकिय अधिकृत श्याम कुमार सिंह सप्तरी स्थित राजबिराज नगरपालिका बाट सरुवा भई कटहरिया आउनुभएको हो । मेयर सियाराम कुश्वाहा र उपमेयर नुरजहाँ खातुनको उपश्थितीमा अधिकृत सिंहले सोमवार नगरको कार्यालयमा हाजिर गर्नु भएको छ ।उहाँले सामवार नै नगरपालिकाका सबै कर्मचारीहरु संग औपचारिक रुपमा परिचय समेत गरीसकेको पालिका स्रोतले जनाएको छ ।सिंह यस अघि यातायात कार्यालय र सञ्चार कार्यालयमा कार्यरत रहनुभएको थियो ।
उता कटहरिया नगरपालिकामा पछिलो एकबर्ष देखी प्रशासकिय अधिकृतको रुपमा कार्यरत रही हालै सरुवा भई फतुवा बिजयपुर नपा जानुभएका मनोज कुमार रजक लाई हाजिरमा रोक लगाईएको छ ।
फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले सोमवार हाजिर हुनगएका अधिकृत रजक लाई हाजिरमा रोक लगाउनुभएको हो ।
नगरपालिकाको प्रशासकिय अधिकृतमा उपसचिव सरहको कर्मचारी हुनुपर्नेमा रजकलाई कार्यकारीमा पठाएकोमा मेयर यादवले उनको हाजिरमा रोक लगाउनुभएको हो ।
पटक पटक मन्त्रालय र बिभागमा फतुवा बिजयपुरको प्रशासकिय अधिकृतमा कुनै पनी उपसचिव लाई पठाउनुस भनी अनुरोध गरेका थिए ।तर बिभिन्न नेताको दवाबमा बिभागले उपसचिव न पठाई कार्यकारी
मनोज कुमार रजकलाई पठाँउदा हाजिर हुन नदिएको मेयर यादवले टिप्पणी गर्नुभएको छ ।
फतुवा बिजयपुरले रजकलाई हाजिर नगराउँदा उनी फेरी बिभाग र मन्त्रालय फर्किने करीब पक्का पक्की भएको छ ।जिल्ला समन्वय समिति रौतहटका उपसभापती रामबशिष्ट यादवले
फतुवा बिजयपुर नगरप्रमुख गोपाल प्रसाद यादव संग सहकार्य गरेर प्रशासकिय अधिकृतमा मनोज कुमार रजकलाई हाजिर गराउने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here