काठमाडौं,१३ माघ

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनि सोमबार बिहान ८ बजे अभिभावकसहित महानगरीय प्रहरी परिसर, टेकु पुगेर आत्मसमर्पण गरेकी छिन। त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिला श्रेष्ठले उजुरी दिएको आधारमा आस्थालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले अन्य मुद्दामा जस्तै राउत प्रकरणमा पनि कानून अनुसार प्रहरी अघि बढेको बताए ।
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।
त्यसपछि यो प्रकरण बाहिर आएको थियो । राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचना समेत भएको थियो । त्यसपछि केही लचक बन्ने संकेत प्रहरीले दिएको थियो । सोहीअनुरुप प्रहरीले विमानस्थलमा राउतलाई पक्राउ गरेन ।
प्रहरी जवान रमिला श्रेष्ठले उजुरीको आधारमा प्रहरीले थप कानूनी प्रक्रिया अघि बढाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here