चन्द्रपुर २७ मंसिर /
जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनमा शुक्रबार स्वागत सम्मान तथा सास्कृतिक कार्यक्रम भएको छ ।
रौतहटको चन्द्रपुर–६ स्थित क्याम्पसमा प्रागणमा भएको कार्यक्रममा प्रथम बर्षमा अध्ययन गर्ने सम्पुर्ण संकाय ९ बिबिएस, बि एड र बिए का छात्र–छात्राहरुलाइ स्वागत तथा सम्मान गरिएको हो । संघिय संसाद देवप्रसाद तिमल्सिनाले यस क्षेत्रको शिक्षा स्तर सुधारमा क्याम्पसको महत्वपुर्ण भुमिकारहेको बताउनु भएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले शिक्षा क्षेत्र सुधारका लागि नगरपालिकाले विभिन्न कार्य गर्दै आएको बताउनुभयो ।
तेस्रो वर्षमा अध्ययनरत अपाङ्ग तथा दृष्टिबिहिन छात्र–छात्राहरुलाइ नगद सहित प्रसंसा पत्रले सम्मान गरीएको छ । जनज्योती क्याम्पस संचालक समितिका अध्यक्ष एकराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सघसस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
स्वतन्त्र बिद्यार्थी युनियनले हरेक बर्ष स्वागत तथा सम्मान कार्यक्रम गर्दै आएको सभापति संगम श्रेष्ठले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here