रौतहट ७ मंसिर/

रौतहटको चन्द्रपुरबाट सुर्यौदय साहित्यक त्रैमासिक पुन  प्रकाशन हुने भएको छ ।
सो पत्रिकाको सम्पादकमा बालमुकुन्द कार्की रहेका छन भने प्रधान सम्पादकमा रमेशमोहन अधिकारी रहनु भएको छ । २८ वर्ष अघि देखि ६ अङ्क प्रकाशित भइ बन्द भएको सूर्योयद साहित्यक पत्रिकाको प्रकाशित सातौ अङ्कको शनिवार विमोचन गरिएको छ । चन्द्रनिगाहपुरमा रहेको जनएकता सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा गरिएको बिमोचन समारोहका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य चेतनाथ धमलाले साहित्यिक पत्रपत्रिकाको पुनर्जागरण हुन आवश्यक रहेको बताउनु भएको छ ।
भाषा साहित्यक सम्वद्ध पत्रकारितालाई प्राथमिकता दिनु अनिवार्य रहेको उहाले बताउनु भयो । यो पत्रकारिता सभ्यता सस्कृति र पहिचान सग जोडिएको छ । सूर्यौदयका सम्पादक बालमुकुन्द कार्कीले समारोहमा स्वागत मन्तव्य दिनु हुदै सूर्योदय पत्रिकाको ऐतिहासिक सन्दर्भ जोड्नु भएको थियो । समारोहमा सन्जय सााह, डाक्टर शालीग्राग उपाध्याय, नारायणहरी उपाध्याय, सङ्कर भट्टराई, नारायण कार्की, दीपक गौतम, कृष्णप्रसाद दाहाल, कवी तेजविक्रम कार्की, मनोज विश्वकर्मा, राम उदित, रामप्रसाद तिमल्सिनाले कविता वाचन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here