रौतहट ६ कार्तिक /
हाई प्रोफाइलहरु अपराधको आरोपमा धमाधम पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन् ।
प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराउन थालेका हुन ।
सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन् । ६ पटक मन्त्री भइसकेका काँग्रेस सांसद अफताब आलम समेत प्रहरी नियन्त्रणमा छन् । यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो ।
रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन अवस्थामा छ ।
उनी ७ चैत २०६३ मा गौर भएको घटनामा जोडिएका छन ।
जसमा २७ जना माओावदी कार्यकर्ताको हत्या भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here