रौतहट २४ असोज /
दशै पर्वमा आफ्ना आफन्त मन्यवर भेटघाट गर्न तथा टिका थाप्न आउजाउ गर्नेहरुको भिड छ ।
सार्वजनिक यातायातका साधनहरुमा कोचाकोच गरेर यात्रुहरु यात्रा गर्न बाध्य छन ।
चन्द्रनिगाहपुर बाट बिभिन्न स्थानमा जाने यात्रुहरुको भिड देखिन्छ । गाडी नपाउदा कतिपय यात्रुहरु अलपत्र समेत परेका छन । भिडभाडको बेला यात्रुहरु ठगिने गरेको समेत यात्रुहरुले गुनासो गरेका छन ।
मानिसको धेरै भिड र चहलपहल भएपनि चन्द्रपुर क्षेत्रमा यातायातको साधनहरु व्यवस्थित गरीएको छैन ।
चन्द्रपुरको मुख्य चौकमा जथाभावी सवारी साधन रोक्ने , सडक नियम मिच्नेहरु लाइ कार्वाहीको दायरामा ल्याउन सम्वन्धित निकाय निस्कृय देखिएको छ । चन्द्रपुरको मुख्य क्षेत्रमा दुर्घटनाको खतरा बढेको यात्रुहरुले गुनासो गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here