गौर १५ असोज । गौर नगरपालिकाले बजार अनुगमन कार्य शुरू गरेको छ । चाड पर्वमा अखाद्य बस्तु विक्री वितरण गर्ने कार्यको नियन्त्रण गर्ने र चर्को मूल्यलाइ व्यवस्थित गर्ने उदेश्यले नगरपालिकाले बजार अनुगमन गर्न लागिएको हो ।

दशै पर्वको मध्यनजर गर्दै बजार अनुगमनको कार्य अगाडी बढाइएको नगरप्रमुख अजय कुमार गुप्ताले बताएका छन ।
चाड पर्वमा उत्पादन समय सिमा समाप्त भएको बस्तु विक्री वितरण गर्ने, ग्राहक ठगिने कार्य हुन सकने सम्भावना रहेकोले बजार अनुगमन गर्न लागिएको मेयर गुप्ताको भनाइ रहेको छ ।

जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार, प्रहरी, नगर प्रहरी सहितको संयुक्त टोली बजार अनुगमन गरिरहेको छ ।

टोलीले किराना पसल, पान पसल, होटल, हार्डवेयरको पसल, इलेक्ट्रोनिक्स पसल, पर्चुन, कस्मेटिक, फलफूल, औषधि, कपडा पसलहरुमा उद्योग कार्यालय, कर कार्यालय, नगरपालिका कार्यालयमा व्यवसाय दर्ता, राजश्व तिरेको रसित, पसल संचालको अनुमति पत्र, उत्पादन मिति, विक्री वितरणको लागि राखिएको सामानहरुको क्वालिटी चेकजाच गर्ने गरेको जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधि नायव सुब्बा राम नरेश साहले बताएका छन ।

अनुगमनको क्रममा समय समाप्त भएको खानेकुरा लगायतको समान बरामद भएको छ । पसलमा फेला परेको गुणस्तारहीन, अखाद्य बस्तु जफत गरिएको नगर प्रहरीका सई राजेन्द्र प्रसाद साहले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here