काठमाण्डौ । असोज १५ गते आज बुधबार देखि रिलिज भएको बलिउड फिल्म वार को लागि क्युएफएक्समा एक हप्ता पहिला देखिनै टिकट बुकिङ खुल्ला गरिएको थियो ।

यो फिल्मले क्युफएफक्समा उच्च शो पाएको छ । उच्च शो पाउनुको साथै टिकट बुकिङ हुन सुरु भईसकेको छ ।
यो फिल्मको टिकट बुकिङ आधारमा रिलिजको पहिलो दिन हाउसफुल रहने अनुमान गर्न सकिन्छ । क्युएफएक्समा यो फिल्मलाई ५१ शोज दिइएको छ ।

वार भन्दा अगाडी क्युएफएक्समा कबड्ी कबड्ी कबड्ीले कब्जा गरेको थियो । क्युएफएक्सको ५१ पर्दामा वार लाग्दा कबड्ी पनि २० पर्दामा लाग्ने छ । कबड्ीे असोज ३ गते रिलिजको पहिलो दिन ६४ शोज पाएको थियो । बलिउडकै बहुप्रतिक्षित मानिएको फिल्म वारले पनि उच्च शो पाएको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्ममा ऋतिक र टाइगरस“गै बानी कपूरको पनि मुख्य भुमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here