काठमाण्डौ १३ असोज । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा जन्मिएका राज कुमार दर्जी चलचित्र एव सांगितिक क्षेत्रमा विगत १६ बर्ष देखि सर्घष गर्दै आएका छन् ।

उनले अभिनय संगै नृत्य निर्देशन पनि मा उनको लामो संघर्ष गरिएको देखिन्छ । उनले म्यूजिक भिडियो देखि आफ्नो यात्रा सुरु गरेका दर्जीले अहिलेको सांगेतिक बजारमा उनलाई एउटा सफल नृत्य निर्देशकको रुपमा प्ररिचित छन् । उनको सयौ भन्दा बढी गित संगितमा अभिनय साथै नृत्य निर्देशन पनि गरेको देखिन्छ । नृत्य निर्देशनको क्षेत्रमा धेरै निर्देशक भए पनि राज कुमार दर्जीको निर्देशन अरु भन्दा पृथक छ ।

उनको कामलाई हेर्दा उनले पैसालाई भन्दा पनि काम लाई प्राथमिकता दिएको देखिन्छ ।नेपालको मौलीक भाषा संस्कृतिलाई जोगाउनु पर्छ र संगित मार्फत त्यसलाई प्रस्तुत गरिनु पर्छ भन्ने उदेश्यले उनले काम गर्दै आएका छन् । उनले निर्देशक गरेका गित संगितमा नेपाली मौलिकता झल्केको देखिन्छ । उनले आगामी दिनमा पनि नेपाली संस्कृति र मौलिकतालाई आत्म साथ गरेर अगाडी बढने उनको सोचाई छ ।

हरेक मान्छेको जिवनमा सफलता पाउनको लागि इमानदारी, लगनशीलता र निरन्तरता अनिवार्य हुन्छ । रुचिको विषयलाई निखार ल्याउने भनेकै अनवरत संघर्षले हो । यसैको एउटा उदाहरण हुनुहुन्छ ।युवा नृत्य निर्देशक राजकुमार दर्जी । विगत एक दशकभन्दा लामो समयदेखि नृत्य निर्देशन क्षेत्रमा आफूलाई समर्पित गर्दै आउनुभएका राजकुमार हाल खारिएका पात्रको रूपमा चिनिनुहुन्छ । यस पेशामा लगावपूर्ण ढंगले लागेपछि सदा व्यस्त रहेर नै उहा“लाई यो अवधि छोटो बन्न पुग्यो । भन्नुहुन्छ । मेरो पनि शोखको विषय भएर होला समय बितेको पत्तै भएन । उसो त उहा“ले धेरैलाई कुशल कलाकार, नृत्यकार र नृत्य निर्देशक बनाउनुभएको छ ।

जसरी का“चो माटोलाई विभिन्न प्रकारका भाडामा परिणत गरिन्छ त्यसैगरी उहा“ले कलाकारितामा कखरा समेत नजानेका धेरैलाई नामी नृत्यकार देखि नायक–नायिका समेत बनाउनुभएको छ । यही खुबीले गर्दा स्कुल, कलेज, जन्मोत्सव, वार्षिकोत्सव, विवाह, पार्टी, भोज आदिमा हुने सा“स्कृतिक कार्यक्रमदेखि म्युजिक भिडियो, टेलिचलचित्र र ठूलो पर्दाको चलचित्र सम्म दिनानुदिन उहा“को माग बढ्दो छ । यसो हुनुमा तपाईंमा के जादु छ त रु राजकुमार दावी गर्नुहुन्छ म आफ्नो जिम्मेवारी कुनै कसर नराखी पूरा गर्छु । हुन पनि उहा“ले गरेको नृत्य निर्देशनको सबैले खुलेरै तारिफ गर्छन् । कारण, एक त उहा“ आफैंमा नामी नृत्य निर्देशक हुनुहुन्छ ।

आफूले लिएको जिम्मेवारीमा कुनै झर्को नमानी सबैस“ग मिलेर हासी÷हासी पूरा गर्नु उहा“को अर्को विशेषता हो । र त बाल कलाकारदेखि नायक, नायिका, निर्माता, निर्देशक सम्मले उहा“लाई नै रोज्छन् ।

राजकुमार नेपाल कलाकार संघको मानार्थ सदस्य, नेपाल चलचित्र नृत्यकार संघको आजीवन सदस्य, नेपाल चलचित्र संघको मानार्थ सदस्य, विचार मेडिया गु्रपको उपाध्यक्ष, नेपाल आदिवासी चलचित्र संघको नृत्य प्रशिक्षक, नेपाल चलचित्र समाजको सचिव, कान्तिपुर डिजिटल रेकडिङ स्टुडियोको नृत्य प्रशिक्षक, राजधानी कला केन्द्रको नृत्य प्रशिक्षक रहेर काम गरिरहनुभएको छ ।

राजकुमारको जन्म विक्रम सम्वत् २०४४ असार १४ गते पाल्पा जिल्लाको तत्कालीन रामपुर दर्छा–९ बोटेगा“उ हाल रामपुर नगरपालिका ९३० मा देबबहादुर दर्जी र डोलकुमारीका एक छोरा तथा दुई छोरीमध्ये पहिलो सन्तानको रूपमा भएको हो । ्

गा“उको मध्यमवर्गीय परिवारमा जन्मिनुभएका उहाँको बाल्यकाल साथीसंगीको तुलनामा सामान्य ढंगले बित्यो । आम्दानीको मुख्य स्रोत कृषि र पशुपालन भए पनि उहाँको बुबा त्यतिबेला नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो । त्यस्तै ५÷६ वर्षको उमेरमा राजकुमारलाई घरबाट पैदल करिब आधा घण्टाको दूरीमा रहेको श्री जनविकास उच्च माध्यमिक विद्यालय रजघरामा भर्ना गरियो ।

सानैबाट स्कुल गए पनि मेरो ध्यानचाहिँ विशेषतः कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्ने होला, अझ भनौं डान्सर कसरी बन्न सकिएला भन्नेमा नै खिचिन्थ्यो उहा“ आफ्नो बाल्यकाल स्मरण गर्नुहुन्छ तर, पनि अध्ययनमा कमजोर भने थिइनँ । राजकुमार कलाकारिता त्यसमा पनि नाचगान भनेपछि बुझ्ने भएदेखि नै मोहित हुनुहुन्थ्यो । हरेक साता विद्यालयमा आयोजना गरिने सा“स्कृतिक कार्यक्रमदेखि गा“उमा लाग्ने मेला, रत्यौली वा अन्य कुनै प्रतियोगितामा उहा“को अनिवार्य सहभागिता रहन्थ्यो ।

यसका अतिरिक्त बाल क्लब र सडक नाटकमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । र त उहा“ले विद्यालय, अन्तर्विद्यालय, गा“उ, क्षेत्रीय, जिल्ला, अञ्चल तथा राष्ट्रियस्तरीय नृत्य प्रतिष्पर्धामा भाग लिएर आफ्नो क्षमता प्रदर्शन गरी थुप्रै पुरस्कार हात पार्नुभयो ।

प्रसंग वि।सं। २०६१ तिरको हो, अब भने उहा“को दैनिकीमा केही परिवर्तन आयो ।अध्ययनस“गै ख्यातिप्राप्त कलाकार बन्ने सुनौलो सपना बोकेर उहा“ राजधानी छिर्नुभयो । र, एउटा चर्चित प्रशिक्षण केन्द्रमा नृत्यसम्बन्धी औपचारिक प्रशिक्षण लिन थाल्नुभयो । झन्डै दुई वर्ष लोक, क्लासिकल, हिपहप, आधुनिक लगायतका नृत्य प्रशिक्षण लिनुभयो । यसरी प्रशिक्षण लिएको छ महिना बित्दानबित्दै काम पनि गर्न थाल्नुभयो । क्रमशः कार्यक्षेत्रको परिधिलाई समेत विस्तार गर्दै जानुभयो । यही क्रममा नृत्य प्रशिक्षण पनि दिन थाल्नुभयो । यसैक्रममा स्तरीय कलाकारस“ग उहा“को संगत भयो, घनिष्ठता बढ्यो । अनि म्युजिक भिडियोमा नृत्य निर्देशन गर्न थाल्नुभयो । त्यसको केही समयपछि साना–ठूलो पर्दाको चलचित्रमा सहायक नृत्य निर्देशकको भूमिका निभाउन थाल्नुभयो ।

अनि निर्देशकसमेत बन्नुभयो । अहिले उहा“ नया“ पुस्ताको जुझारु नृत्य निर्देशकको कोटीमा पर्न सफल हुनुभएको छ । राजकुमार विभिन्न सामाजिक राष्टिूय÷अन्तर्राष्ट्रिय संस्थामा पनि आबद्ध हुनुहुन्छ । यस्तैै सक्रियताले त बक्स अफिस बेस्ट डान्स कोरियोग्राफर९२००८,बक्स अफिस बेस्ट डान्स कोरियोग्राफर–२०१०,डि सिने बेस्ट डान्स कोरियोग्राफर–२०११,नेफ्टा बेस्ट डान्स कोरियोग्राफर अवार्ड–२०१३,नेशनल फिल्म डान्स कोरियोग्राफर अवार्ड–२०१६ जस्ता उपाधिसहित विभिन्न अवार्ड तथा पुरस्कारबाट सम्मानित हुनुभएको छ राजकुमार ।

यतिमात्रै होइन सुपर डान्स कम्पिटिशन–२०१४ ९आयोजक रिबन इन्टरटेनमेन्ट प्रा।लि।०,नेशनल लेबल डान्स कम्पिटिशन–२०१७ ९आयोजक नेपाल टेलिभिजन० नेशनल डान्स कम्पिटिशन–२०१८ ९आयोजक नेपाल संगीत संघ०, नेशनल लेबल डान्स कम्पिटिशन९२०१९ ९आयोजक नेपाल नृत्य संघ० आदिमा निर्णायक ९जुरी० को भूमिकासमेत कुशलतापूर्वक निर्वाह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here