रौतहट १३ असोज । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जनावरलाई मानिसजस्तो व्यवहार गर्न सके रेबिजको संक्रमण लाग्नबाट बच्न सकिने बताएका छन् ।

१३ औ विश्व रेबिज विरुद्धको दिवसको अवसरमा पशु सेवा विज्ञ केन्द्र रौतहटले सदरमुकाम गौरमा शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कृषि राज्यमन्त्री यादवले कुकुर, स्याल, चमेरो लगाएतका जनावरको टोकाईबाट रेबिजको संक्रमण हुने गरेको र यसबाट बाच्न सावधानी अपनाउनुपर्ने बताए ।

रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । संक्रमित जनावरको टोकाईबाट यो रोग सर्छ । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस सर्ने गर्छ । त्यसैले रेबिजको संक्रमणबाट बच्न संक्रमित जनावरको पहुच भन्दा टाढा रहन उनले सुझाव दिए ।

रेबिज, हेपाटाईटिस बी र एचआईभी ए पोजेटिभ रोगको संसारका अहिलेसम्म कुनै पनि वैज्ञानिकले औषधी उत्पादन गर्न नसकेको भन्दै समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्यमन्त्री यादवले यी रोगहरु सर्ने जनावरबाट टाढा रहन सबैलाई आग्रह गरे । एक फरक प्रसंगमा बोल्दै कृषि रायमन्त्री योगेन्द्र यादवले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउनुका साथै प्रदेशलाई समृद्धिको बाटोमा र्डोयाउनुपर्ने बताए ।

किसान परिवारमा जन्मिएर संघर्षपूर्ण राजनीतिमा लागेर प्रदेश नं २ को कृषि राज्य मन्त्री बनेका यादवले कृषि क्षेत्रको विकास गरेर आर्थिक प्रवद्र्धन गर्ने प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।उनले केन्द्रीय सरकारस“गको समन्वय र सहयोगमा प्रदेशको कृषि क्षेत्रको सम्भावनालाई अनुकुलित रूपमा कार्यान्वयन गर्दै औद्योगिक र व्यापारीकरण गर्ने दिशामा अगाडि बढाउने बताए ।

उनले कृषिप्रधान देश नेपाल भनिए पनि दैनिक गुजाराका लागि अन्न आयात गर्नुपर्ने स्थितिमा रहनु दुर्भाग्यपूर्ण भएको बताए ।

प्रदेश नं २ को ८ जिल्लामा ८० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन आकासेपानीका भरमा खेतीपाती भइरहेकाले प्रदेश सरकारले किसानलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्न आधुनिक सिँचाइ प्रविधिको विकास गर्ने कृषि राज्यमन्त्री योगेन्द्र यादवको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here