रौतहट १२ असोज/
हत्याको ओरोपमा पाच बर्ष देखी फरार आरोपीलाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका छन ।
गएको २०७१ चैत्र २२ गते राति रौतहट गौर नगरपालिका ५ स्थित पोखरीया टोलका ६० बर्षिय जहिर अंसारीलाइ हत्या गरी गौर १० का सवगढा का ५० बर्षिय शेख रोज महम्मद र उनको छोरा वर्ष ३० को शेख प्रवेज फरार भएका थिए ।
५ वर्ष देखि फरार रहेकामा आरोपी मध्ये शेख रोज महम्मदलाइ जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । आरोपीहरुले मृतकको छोराहरुले घर बनाउनको लागि चार लाख पचास हजार मृतकलाई दिएको र सो रकम मृतकको घरमा रहेको जानकारी पाएर मृतकको घरमा गइ खाना खाई वास वस्ने भनि उनीहरुले जाहिर अन्सारी सुतेको मौकामा धारीलो हरीयार प्रहार गरी हत्या गरेको सो रकम समेत लगेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here