रौतहट ११ असोज/
शुक्रवार बिहान कटहरीया नगपालिकाको कार्यालयमा भएको घटना सम्वन्धमा सर्वपक्षिय छलफल भएको छ ।
शनिवार बसेको बैठकले घटनाको ले दुखित बनाएको जनाउदै घटनाको छानबिव गरी दोषिमाथी कडा भन्दा कडा कार्वाहीको समेत माग गरेको छ ।
घटना सुनियोजीत भएको र कटहरीयाबासीको ध्यानाकर्षण भएको जनाइएको छ । कटहरीयाका व्यापारी जितेन्द प्रसाद साहको संयोजकत्वमा बसेको बैठकमा व्यापारी, बुद्धीजीवी,शिक्षाप्रेमी,राजनैतिक दलका प्रतिनिधी र समाजीक अगुवाहरु सहभागी थिए ।

शिक्षक सरुवाको बिरोधमा कटहरिया नगरपालिकाको कार्यालयमा बिधार्थीले शुक्रबार तोडफोड गरेका थिए ।
नगरपालिकाको कार्यालयको कम्युटर ११ थान, केही ल्यापटप ९ थान, टिभी १ थान, ५० थान कुर्सी, दराजहरु , सिसिटिभी क्यामरा ५ थान, टेवल ४ थान , एसी ३ थान ,झयालका सिसाहरु तोडफोड गरीएको छ ।
उनीहरुले पन्जिकरण शाखा प्रमुख कौशल किशोर चौधरी र कार्यलय सहयोगी दिपेन्द्र साहमाथी र्दुव्यवहार समेत भएको बताइएको छ ।
वडा सचिव सुनिता मुखियाको झोलामा रहेको एकलाख ५० हजार र अन्य कागजपत्र समेत हराएको बताइएको छ । अन्य बिभिन्न महत्वपुर्ण कागजातहरु नष्ट भएको जनाइएको छ ।
नगर कार्यपालिकाको बिहिबारको बैठकले माध्यमिक बिधालय भसेढवाका प्रधानाध्यापक राममंगल प्रसाद यादव सहित ९ जना शिक्षकलाई सरुवा गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here