काठमाडौं ५ असोज । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले कमजोर मानिएको भुटानसँग पराजित भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आइतबार भएको खेलमा नेपालमाथि भुटानले ३–० जित निकालेको हो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै भुटानले शानदार जीत हात पारेको हो ।

खेलको ३७ औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै केल्जिङ जिग्मीले भुटानलाई २–० को अग्रता दिलाए ।

भुटानका लागि तेस्रो गोल खेलको अतिरिक्त समयमा कर्मा सोनामले गरे ।

समूह ‘ए’ मा रहेको नेपाल सेमिफाइनलमा जाने गणितीय सम्भावनामात्रै बाँकी छ । भुटानले अब २४ तारिखमा माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गरेमा मात्र नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यसअघि नेपालले समूह चरणको खेल माल्दिभ्ससँग १(१ गोलको बराबरी खेलेको थियो । यसअघि यु(१८ साफ च्याम्पियनसिपकै २०१७ को खेलमा पनि नेपाल समूह चरणमा भुटानसँग पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here