नायक विपिन कार्की र कलाकार लक्ष्मी वर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’ छायांकन सुरु भएको छ । मंगलबारदेखि भक्तपुरबाट फिल्मको छायाँकन सुरु भएको हो ।

‘सेल्फी किंग’को नामले परिचित चर्चित हाँस्य कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा यो चलचित्र बन्नेछ ।

दशैं अघि र दशैं पछि गरि २ सेड्युलमा छायाँकन हुने फिल्म सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतमा समेत छायाँकन हुनेछ । बिशाल सापकोटाले निर्देशन गर्ने चलचित्रलाई कमेडी ड्रामा भनिएको छ । फिल्ममा विपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी बिशेष भूमिकामा रहने छिन् ।

सुभाष थापा दिनेश राउतले मिलेर यो चलचित्रको निर्माण गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here