एजेन्सी । प्रभास तथा श्रद्धा कपुर स्टारर ‘साहो’को विश्वव्यापी कमाइ चार सय करोड भारू बढी भएको छ । सिनेमाका निर्माताले सोमबार ट्विट गर्दै सिनेमाले सो कमाइ गरेको जानकारी दिएका हुन् ।

‘के तपाईं यो भन्दा बढी कल्पना गर्न सक्नुहुन्छ ? साहोले विश्वव्यापीरूपमा चार सय करोड बढीको आँकडा पार गरेको छु, सिनेमाको आधिकारिक ट्वीटर ह्यान्डलमा कमाइ सार्वजनिक गर्दै ट्वीट गरिएको छ ।

तेलेगु, हिन्दी तथा तमिल भाषामा एकसाथ सुटिङ गरिएको सिनेमा करिब ३ सय ५० करोड बारूको लागातमा तयार भएको सिनेमा हो ।

सिनेमामा प्रभास र श्रद्धाका अलावा नील नितन मुकेश तथा ज्याकी श्राफ मुख्य भूमिकामा रहेका छन् ।

सिनेमाको हिन्दी संस्करणले मात्र करिब एक सय ३० करोड भारू बढीको कमाइ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here