रौतहट २५ भदौ । सवारी दुर्घटनामा रौतहटमा १ जनाको ज्यान गएको छ । जिल्लाको गौर-चन्द्रनिगाहपुर सडकखण्डको बृन्दावन नगरपालिकाअन्तर्गत कमलपटिमा मंगलबार दिउँसो जिपको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

गौरबाट चन्द्रपुरतर्फ गईरहेका विआर ०५एन३२७२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेका जिपले ठक्कर दिँदा मोटरसाइकल चालक गौर नगरपालिका-६ सबगढाका २५ वर्षीय दिनेश साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

ठक्करबाट अचेत अवस्थामा पुगेका युवक साहलाई स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेर तत्कालै गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा र्पुयाउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए । ठक्कर दिने जिपसहित चालक फरार भएको हुँदा खोजतलास जारी रहेको चाँडै नियन्त्रणमा लिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here