फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । बलिउड नायिका सन्नी लियोनी आफूले एउटा आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार नेपाल आउँदैछिन् ।

‘पासवर्ड’मा सन्नी, सन्नीको आइटम रहेको छ भने यसैलाई निर्माण युनिटले फिल्मको प्रचार माध्यम बनाएको छ । चलचित्रका अन्य कलाकार प्रचारमा खासै सहभागी नभएपनि सन्नीको आइटमको चर्चा भने छ ।

भदौको २७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, रवीन्द्र झा, प्रविण खतिवडा, धीरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ ।

बिहिबार बेलुकी आयोजना हुन लागेको चलचित्रको प्रिमियरमा सन्नी सहभागी हुँदा यसले राम्रै हाइप पाउनेछ । सन्नी लियोनी पनि नेपाल आउन पाउँदा उत्साहित देखिएकी छिन् । नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश पुर्याएपछि उत्पन्न हुने परिस्थितीको कथामा यो चलचित्र निर्माण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here