काठमाडौँ २५ भदौ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

चन्दसँग अन्य १५ जना विद्यार्थीहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here