अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित हात पारेको छ। अर्जेन्टिनाले बुधबार विहान सकिएको खेलमा मेक्सिकोलाई ४–० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले ह्याट्रिक गरे । उनले खेलको १७, २२ र ३९ मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिनाका लागि अर्को गोल पारेडेसले ३३ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। अर्जेन्टिना आफ्ना स्टार खेलाडीहरु लिओनल मेसी, सर्जियो अग्युरो र एन्जल डि मारियाविना मैदान उत्रिएको थियो ।

यता अर्को मैत्रीपुर्ण खेलमा ब्राजिल पराजित भएको छ। ब्राजिललाई पेरुले १–० गोलले पराजित गरेको हो । हारसँगै पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको १७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

ब्राजिललाई हराउने क्रममा पेरुका अब्रामले खेलको ८५ मिनेटमा गोल गरेका थिए । जितसँगै पेरुले कोपा अमेरिका २०१९ को फाइनलमा भागेको हारको पीडा भुलाएको छ ।

अन्य खेलमा अमेरिका र उरुग्वेले १–१ र कोलम्बिया र भेजेजुएलाले गोलरहित बराबरी खेलेका छन्। होन्डुरसले चिलीलाई २–१ ले, इक्वेइडरले बोलिभियालाई ३–० ले पराजित गरेका छन् । साभार सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here