विशाल सापकोटाको निर्देशनमा बन्न लागेको फिल्म ‘सेल्फी किंग’को अफिसियल घोषणा गरिएको छ । ‘सेल्फी किङ’लाई ‘प्रसाद’ का निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गर्दैछन् । विशाल सापकोटाले सिनेमाको निर्देशन गर्नेछन् । यो उनको डेब्यू सिनेमा हुनेछ ।

कार्यक्रममा विपिनको भूमिका समेत सार्वजनिक गरियो । सिनेमामा विपिनको जोडी अभिनेत्री लक्ष्मी बर्देवासँग बाँधिएको छ । सिनेमामा अभिनेत्री केकी अधिकारी विशेष अतिथीको रुपमा देखिनेछिन् ।

सिनेमामा विपिनले गोपाल दाहाल नामक एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनलाई प्रस्तुत गर्नेछन् ।

अभिनेता विपिन कार्कीले राम्रो टिम र स्क्रिप्टका कारण ‘सेल्फी किङ’ गर्न राजी भएको बताए । सिनेमाको कथा आफ्नो वास्तविक जीवनसँग धेरथोर मिल्ने बताए । सिनेमामा विपिनका साथमा लक्ष्मी बर्देवा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निर्देशक दिनेश राउत तथा सुवास थापाको निर्माण रहने सिनेमा केकी अधिकारी विशेष भूमिकामा देखिनेछिन्।

कार्यक्रममा पहिलो पटक निर्माताको रुपमा आएका निर्देशक राउतले नव-प्रवेशीलाई प्रोत्साहन र हौसला दिने उद्येश्यले आफू सिनेमा निर्माणमा आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here