रौतहट २० भदौ । राजपुर नगरपालीको कुडीया चौकमा एक दर्जन मिठाइ पसलहरु रहेका छन । यहाँको मिठाइ काठमाण्डौ सम्म पुग्ने गरेको छ ।

वालसाही नामको मिठाइ बनाइने राजपुरको कुडीया चौक मिठाइले प्रख्यात छ । एउटा पसलले दैनिक दुइ सय देखी ३ सय लिटर दुधको मिठाइ बिक्री गर्दै आएका छन् ।

राजपुरका मिठाइ व्यापारी भोला साहले भन्नुभयो दैनिक एकसय किलो सम्म मिठाइ बिक्री हुन्छ । काठमाण्डौ, हेटौडा , पोखरा सम्म यहाँ उत्पादन भएको वालसाही मिठाइ पुग्ने गरेको छ ।

एक किलो मिठाइ चार सय रुपैयामा बिक्री हुन्छ । राजपुरमा पुग्ने जो कोही ले त्यहाको मिठाइ खाने गर्दछन । मिठाइ खान आसपासका स्थानियको समेत बिहान बेलुका घुइ“चो नै लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here